नीतिगत सुधारले मुलुकमा लगानीको वातावरण बनेको छ : उद्योगमन्त्री भण्डारी

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

Policy reforms have created an investment environment in the country: Industry Minister Bhandari

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  दामोदर भण्डारीले सरकारले २९ वटा कानुन सुधार गरेकाले मुलुकमा लगानीको वातावरण सहज बनेको बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ भण्डारीले सरकारले औद्योगिक पूर्वाधार निर्माणमा समेत जोड दिएको बताए ।  

'निजी क्षेत्र र सरकार सम्मिलित नेपालको उद्योग संवाद परिषद् गठन गरिएको छ, त्यसअन्तर्गत ५ वटा समिति बनेको छ,' उनले भने, 'उक्त परिषद्‍‍मा २५ जना उद्योगी सहभागी छन् । ' 

सन् २०२६ मा नेपाल अति विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने भएकाले सहज र दिगो स्तरोन्नतिका लागि लगानीमैत्री वातावरण सिर्जना गर्दै अघिबढ्नु पर्ने उनको भनाइ छ ।

सरकारले सुरु गरेको नीतिगत सुधारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दै अर्थतन्त्रलाई लयमा फर्काउन सहयोग पुग्ने उनले बताए ।

कान्तिपुर

Link copied successfully