नेप्से साढे ५ अंकले घट्यो, कारोबार रकम बढ्यो

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 5.5 points, turnover increased

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले घटेर २ हजार ६ सय ७०.७० अंकमा ओर्लेको छ ।

बुधबारको तुलनामा यो ०.२० प्रतिशतले घटेको हो । बुधबार नेप्से ९.६६ अंकले बढेर २ हजार ६ सय ७६.२८ अंकमा बन्द भएको छ । त्यो वृद्धि बिहीबारसम्म पनि टिकेन ।

सो दिन कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्यो, १३१ कम्पनीको घट्यो भने १ वटाको स्थिर छ ।

४९ हजार ६ सय ३२ पटकको सेयर कारोबारमा १ करोड १३ लाख ८४ हजार ७ सय २५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कान्तिपुर

Link copied successfully