बिहान उठ्नेबित्तिकै नेपाली मञ्जनले दाँत माझ्न पाइयोस् : प्रधानमन्त्री ओली

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

As soon as you wake up in the morning, you should be able to brush your teeth with Nepali Manjan: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक जीविका मात्र चलाउन पनि उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ मा ओलीले सामूहिक र ठूलो परिमाणमा  उत्पादन गर्न अग्रसर हुनु पर्ने बताए । 

'बिहान उठ्नेबित्तिक्कै नेपालमै बनेको दन्तमञ्जनले ब्रस गर्न पाइयोस् । नेपालमै उत्पादित साबुनले हात धुन पाइयोस्,' उनले भने, 'घनले पिटेर भाँडा बनाउन सक्ने तर सजिलो सबै आयात गर्नुपर्ने ?'

प्रविधिको विकास गर्न चुकेको भन्दै उनले अब प्रविधिको आयात गरि नेपालमै उत्पादन गर्नुपर्ने बताए  ।  'सूचना तथा प्रविधिमा निकै ध्यान दिन खोजिरहेका छौं । यसले मात्र पुग्द‌ैन,' उनले भने,' कृषि प्रविधि, सेवा प्रविधिलागयतमा ध्यान दिनुपर्छ ।' 

कृषिमा आत्मनिर्भर हुन नसक्ने देशले आयात गर्ने मुलुकमा प्रतिकूल भयो भने समेत असहज हुने उनले बताए ।  'त्यसैले क‌ृषिमा आत्मनिर्भर हुनुपर्छ, आधारभूत आवश्यकता परिपूर्ति गरेपछि मात्रै पूर्वाधार विकासमा जानुपर्छ,' उनले भने ।  बढी लाभ दिने वस्तुमा प्रविधि प्रयोग गरि उत्पादन गर्न लाग्नुपर्ने उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully