नेपाल-अस्ट्रेलिया संस्कृति तथा पर्यटन प्रवर्द्धनका आयामबारे छलफल

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Discussion on dimensions of Nepal-Australia culture and tourism promotion

काठमाडौँ — नेपाल र अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ गर्दै आपसी सहयोग, संस्कृति, र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार 'नेपाल-अस्ट्रेलिया: सांस्कृतिक तथा सम्मान कार्यक्रम-२०२५' आयोजना गरिएको छ ।

काठमाडौँस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा नेपाल-अस्ट्रेलिया व्यापार, उद्यमशीलता, संस्कृति तथा पर्यटन प्रवर्द्धनका विभिन्न आयामबारे छलफल गरियो । 

धौलागिरी एडभेन्चर प्रालिको आयोजना तथा मौलिका फिल्म्सको सह-आयोजनामा भएको कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रूपा विकले नेपाल र अस्ट्रेलियाबीच सुमधुर सम्बन्ध रहेको बताइन् । दुई देशलाई  पर्यटन, संस्कृति, शिक्षा लगायतका विषयले जोडेको उनको भनाइ छ । Discussion on dimensions of Nepal-Australia culture and tourism promotion

अस्ट्रेलियाको मेलबर्नस्थित ग्रेट स्तुप अफ युनिभर्सल कम्प्यासनका संस्थापक इयान ग्रीन 'ओएएम' ले नेपाल र अस्ट्रेलियाबीच निकट र गहिरो सम्बन्ध रहेको बताए । 

अस्ट्रेलियाको मेलबर्नस्थित ग्रेट स्तुप अफ युनिभर्सल कम्प्यासन विश्वकै महत्वपूर्ण बौद्ध सम्पदाहरूमध्ये एक हो । लुम्बिनीस्थित बौद्धनाथ स्तुपाको प्रतिरूपमा निर्माण गरिएको स्तुपलेअस्ट्रेलियामा बुद्ध धर्म, शान्ति, ध्यान, र संस्कृतिको प्रवर्द्धन गर्दै आएको छ । कार्यक्रमका अवसरमा इयान ग्रीनलाई विशेष सम्मान प्रदान गरियो ।  

Discussion on dimensions of Nepal-Australia culture and tourism promotion

अस्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत कैलाशराज पोखरेलले ग्रेट स्तुपमार्फत इयान ग्रीनले बौद्ध धर्मलाई विश्वव्यापी बनाउन योगदान पुर्‍याएको बताए । राजदूतका रूपमा अस्ट्रेलियमा रहँदा ग्रेट स्तुपको भ्रमण गरेको स्मरण गर्दै पोखरेलले इयानको कदमको प्रशंसा गरे । 

लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष ल्हार्क्याल लामा (खेन्पो छिमेद) ले नेपालीहरूले लुम्बिनी क्षेत्रको भ्रमण नगरेकोमा गुनासो गरे । उनले कम्तीमा वर्षमा एकपटक बुद्धजयन्तीका अवसरमा भए पनि लुम्बिनीको भ्रमण गर्न आग्रह गरे । बौद्धधर्म र लुम्बिनी नेपाल र अस्ट्रेलियाका जनतालाई जोड्ने सेतु भएको उनको भनाइ छ । 

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले देशको विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग आवश्यक भएको बताए । उनले नेपाल दुई ढुङ्गाबीचको तरुल नभई हिरा भएकोमा जोड दिए । दुई छिमेकी भारत र चीनलाई लक्ष्य गरी उत्पादनमा जोड दिन सके नेपाल समृद्ध हुने उनको भनाइ छ । 

नेपाल-अस्ट्रेलिया: सांस्कृतिक तथा सम्मान कार्यक्रम-२०२५' का संयोजक दान घिसिङले दुई देशका विज्ञ तथा जनप्रतिनिधिहरूबीच हुने छलफल तथा अन्तरक्रियाले नेपाल-अस्ट्रेलिया‌ सम्बन्ध नयाँ उचाइमा पुग्ने बताए । 

आयोजक संस्था धौलागिरी एडभेन्चर प्रालिका अध्यक्ष आंगकामी शेर्पाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए । कार्यक्रममा कविता खत्री, अजित घिसिङ लगायतका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कान्तिपुर

Link copied successfully