नेप्से ३३ अंकले घट्यो

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 33 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३३.३३ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार १.२३ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७०.०६ अंकमा ओर्लेको छ ।

सो दिन २३ कम्पनीको सेयर मूल्य बढ्दा २ सय २१ कम्पनीको घट्यो ।

५५ हजार ७ सय १२ पटकको कारोबारमा १ करोड १४ हजार ८ सय ६६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो । 

कान्तिपुर

Link copied successfully