सुनचाँदीको मूल्य घट्यो

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

The price of gold and silver fell

काठमाडौँ — सुनचाँदीको मूल्य घटेको छ ।  बिहीबार प्रतितोला एक लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्चविन्दुमा पुगेको सुनको मूल्य आज तोलामा तीन हजार नौ सय रुपैयाँ घटेको हो ।

आज प्रतितोला एक लाख ७६ हजार चार सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला एक हजार आठ सय ७० रुपैयाँमा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार एक सय पाँच अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

कान्तिपुर

Link copied successfully