सामान्य अंकले बढ्यो नेप्से

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased by normal points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेको छ । शून्य दशमलव १२ प्रतिशतले बढेर २७०३.३९ विन्दुमा उक्लिएको छ । बुधबार २३‍.८६ अंकले बढेर २७००.०४ विन्दुमा बन्द भएको थियो ।

कुल ९३ कम्पनीको सेयर मूल्य बढ्यो भने १५१ कम्पनीको मूल्य घट्यो । 

आज ६९ हजार ८९ पटकको सेयर किनबेचबाट ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर किनबेच भयो । 

बैकिङ, जलविद्युत्, निर्जीवन बिमा र अन्य उपसमूहबाहेक सबै उपसमूहहरु बढ्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully