नेप्से २७ सय विन्दुमा, ५ अर्ब ४४ करोडको कारोबार

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

NEPSE at 2700 points, turnover of 5.44 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २३.८६ अंकले बढेको छ । शून्य दशमलव ८९ प्रतिशतले बढेर नेप्से २७००.०४ विन्दुमा उक्लिएको छ ।

मंगलबार १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा ओर्लिएको थियो । 

कुल १६६ कम्पनीको सेयर मूल्य बढ्यो भने ७८ कम्पनीको मूल्य घट्यो । आज ५३ हजार ८८४ पटकको सेयर किनबचबेचबाट ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर किनबेच भयो । उत्पादन तथा प्रशोधन र निर्जीवन बिमाबाहेक सबै उपसमूहहरु बढ्यो ।

उत्पादन तथा प्रशोधन १०३.७६  र निर्जीवन बिमा ३१.८३ अंकले घट्यो । सबैभन्दा भन्दा बढी व्यापार ४२३.२९ अंकले बढ्यो ।

कान्तिपुर

Link copied successfully