सेयर बजारको संस्थागत सुशासन र पारदर्शितामा जोड दिन्छु : सीईओ चापागाईं

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

Emphasis on the institutional governance and transparency of the stock market: CEO Chapagai

काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले दोस्रो बजारको संस्थागत सुशासन र पारदर्शितामा जोड दिने बताएका छन्। नेप्सेको कार्यभार सम्हाले लगत्तै चापागाईंलाई सेयर कारोबारमा प्रविधिको प्रयोग अभिवृद्धि गर्ने र लगानीकर्ताका लागि व्यापक रुपमा सचेतना कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

‘सचेतना कम भएकै कारण लगानीकर्ताको आत्मविश्वास घटेको देखिन्छ । उहााहरुको आत्मविश्वास बढाउने सबैभन्दा उपयुक्त माध्यम साक्षरता बढाउनु हो, यसमा हामी काम गछौं,‘ उनले भने, ‘यसो गर्दा लगानीकर्ताको आत्मविश्वास बढ्छ, यसले सेयर कारोबार बढ्छ र समग्र अर्थतन्त्रमा सकारात्मक टेवा पुग्छ ।’

गत सोमबार सरकारले चापागाईंलाई नेप्सेको सीईओमा चूडामणि नियुक्त गरेको हो । नवनियुक्त चापागाईंले मंगलबार नियुक्तिपत्र बुझेका थिए ।

उक्त पदका लागि १० जनाको आवेदन परेकामा छनोट समितिले पहिलो चरणमा चापागाईं, पूर्णप्रसाद आचार्य, बऽीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छानेको थियो । तीमध्ये तीन जनाको नाम सिफारिस गरिएकामा मन्त्रिपरिषद्‍ले चापागाईंलाई नियुक्त गरेको हो ।

नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले तीन साताअघि छनोट समिति गठन गरेको थियो । उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव पोखरेलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा खोमराज खरेल सदस्य थिए । 

तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली रहेको थियो ।

कान्तिपुर

Link copied successfully