सूनको मूल्य एक लाख ८० हजार नजिक

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

The gold price is close to 180,000

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि सुनको मूल्य बढिरहेको छ ।

सोमबार प्रतितोला एक लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार ८ सयले बढेर एक लाख ७९ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मूल्य भने स्थिर छ । आजका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ३५ रुपैयाँ निर्धारण भएको छ । 

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ । निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ । 

कान्तिपुर

Link copied successfully