सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Gold price increased by 1100 per tola

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकासिँदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ ।

गत शुक्रबार हालसम्मकै उच्च अंकको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ ।

आइतबार प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज तोलामा एक हजार एक सय बढेर एक लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर दुई हजार ३५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully