२९.८२ अंकले बढ्यो नेप्से

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased by 29.82 points

काठमाडौँ — साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक २९.८२ अंकले बढेको छ । एक दशमलव ११ प्रतिशतले बढेर २६९३.१२ विन्दुमा उक्लिएको छ ।

आज २२२ कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो । कुल ७६ हजार ३५४ पटकको सेयर किनबेचबाट ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर किनबेच भयो । आज १३ वटै उपसमूहहरु बढ्यो । 

जोशी हाइडज्ञोपावर, दोर्दीखोला जलविद्युत्, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी र गुँरास लघुवित्तको सेयर मूल्य बढ्यो । प्रभु स्मार्ट फन्ड, सामुदायिक लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रोपावर, सयपत्री हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य घट्यो ।

कान्तिपुर

Link copied successfully