टिकेन नेप्सेको वृद्धि, ५८.०५ अंकले घट्यो

६२ हजार २१ पटकको सेयर किनबेचबाट ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँको कारोबार 

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Tiken NEPSE growth, decreased by 58.05 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५८.०५ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा दुई दशमलव १९ प्रतिशतले घटेर नेप्से २ हजार ५ सय ८२.७३ बिन्दुमा ओर्लिएको छ ।

 पछिल्लो ६ कारोबार दिनपछि सोमबार नेप्से २६.१० अंकले बढेर बन्द भएको थियो । तर त्यो वृद्धि मंगलबारसम्म पनि टिकेन । परिणाम मंगलबार नेप्से करिब ५८ अंकले घट्यो ।

राजनीतिक अस्थिरता, सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्नु, राजावादीहरूको चहलपहल बढ्नु, बैंकिङविरुद्ध अराजक गतिविधि बढ्नु, माओवादीलगायत राजनीतिक दलहरूको प्रदर्शनीलगायत कारण लगानीकर्ता थप लगानी नगरेर पर्ख र हेरको अवस्थामा रहेको जानकार बताउँछन् । सडकमा देखिएका यस्ता गतिविधिले खासगरी ठूला लगानीकर्ताले लगानी विस्तारको हिम्मत गर्न नसक्दा बजारले उकालो बाटो समात्न नसकेको उनीहरूको भनाइ छ । 

मंगलबार ४ कम्पनीको सेयर मूल्य बढ्यो भने २४० कम्पनीको मूल्य घट्यो । कुल ६२ हजार २१ पटकको सेयर किनबेचबाट ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन १ करोड ११ लाख ५५ हजार ९ सय ५५ कित्ता सेयर किनबेच भयो, १३ वटै उपसमूह घटे । 

निर्जीवन बिमाको ३०१.३४, जीवन बिमाको २९२.६२, होटल तथा पर्यटनको १७५.८४ र विकास बैंक उपसमूहको परिसूचक १६६.११ अंकले घटेको छ । लघुवित्तको १२०.४६, जलविद्युत्को ११५.६५, लगानीको ९०.१३ र व्यापार उपसमूहको परिसूचक ७५.८४ अंकले घट्यो । 

कान्तिपुर

Link copied successfully