३९‍‍.१३ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased by 39.13 points, turnover decreased

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३९‍‍.१३ अंकले बढेको छ । एक दशमलव ५१ प्रतिशतले बढेर २६२१.८६ विन्दुमा उक्लिएको छ । मंगलबार नेप्से ५८‍.०५ अंकले घटेको थियो ।

आज २३१ कम्पनीको सेयर मूल्य बढ्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ४८ हजार ७८५ पटकको सेयर किनबेचबाट ४ अर्ब २० करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ५ अर्ब १८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

आज ९१ लाख ४१ हजार ९४१ कित्ता सेयर किनबेच भए । आज सबै उपसमूहहरु बढ्यो ।

कान्तिपुर

Link copied successfully