५८.०५ अंकले घट्यो नेप्से, ५ अर्ब १८ करोड रुपैयाँको कारोबार

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 58.05 points, turnover of 5.18 billion rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५८.०५ अंकले घटेको छ । दुई दशमलव १९ प्रतिशतले घटेर २५८२.७३ विन्दुमा ओर्लिएको छ । ६ कारोबार दिनपछि सोमबार २६.१० अंकले नेप्से बढेको थियो ।

आज ४ कम्पनीको सेयर मूल्य बढ्यो भने २४० कम्पनीको मूल्य घट्यो । कुल ६२ हजार २१ पटकको सेयर किनबेचबाट ५ अर्ब १८ करोड ७ लाख १८ हजार रूपैयाँको कारोबार भएको छ । आज १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच भयो । 

आज सबै उपसमूहहरु घटे । सबैभन्दा बढी जीवन बिमा, निर्जिवन बिमा, विकास बैंक र होटल तथा पर्यटन उपसमूह रह्यो । 

आज ९.५ प्रतिशतएनसीसी डेबेञ्चर २०८६, ११ प्रतिशत केबीएल डेबेञ्चर २०८९, ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डेबेञ्चर २०८५, प्रभु स्मार्ट फन्ड र १० प्रतिशत नेपाल एसबीआई बैंक डेबेञ्चर  २०८६ को लगानीकर्ताको सम्पती मूल्य बढ्यो । 

नारायणी विकास बैंक, सर्पोट लघुवित्त वित्तीय संस्था, इस्टर्न हाइड्रोपावर, सिन्धु विकास बैंक र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए । 

कान्तिपुर

Link copied successfully