२६.१० अंकले बढ्यो नेप्से, ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased by 26.10 points, turnover of 4 billion 48 crore rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २६.१० अंकले बढेको छ । शून्य दशमलव ९९ प्रतिशतले बढेर २६४०.७८ विन्दुमा बन्द भएको छ ।

नेप्से ६ कारोबार दिनपछि बढेको हो । आज २१० कम्पनीको मूल्य बढ्यो भने ३३ कम्पनीको मूल्य घट्यो । 

कुल ५८ हजार २३५ पटकको सेयर किनबेचबाट ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच भए ।

आज सबै उपसमूहहरु बढ्यो । सबैभन्दा बढी जिवन बिमा २१५.२१ अंकले बढ्यो । फाइनान्स ९३.१७, होटल तथा पर्यटन ७४.४९, निर्जीवन बिमा ७४.४७ अंकले बढेको छ ।

कान्तिपुर

Link copied successfully