५३.०४ अंकले घट्यो नेप्से

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 53.04 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५३.०४ अंकले घटेको छ । एक दशमलव ९८ प्रतिशतले घटेर २६१६.२६ विन्दुमा बन्द भएको छ ।

कुल १३ कम्पनीको सेयर मूल्य बढ्यो भने २३० कम्पनीको मूल्य घट्यो । आज  ७२ हजार २६५ पटकको सेयर किनबेचबाट ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल १ करोड २३ लाख ७१ हजार २८० कित्ता सेयर किनबेच भए । आज सबै उपसमूह घटेका छन् ।

कान्तिपुर

Link copied successfully