डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा श्रेष्ठ दोहोरिए

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

Shrestha became the President of Development Bankers Association

काठमाडौँ — डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को अध्यक्षमा सुयोग श्रेष्ठ दोहोरिएका छन् । बिहीबार पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारणसभाले श्रेष्ठलाई सर्वसम्मत रुपमा पुन: अध्यक्षमा चयन गरेको हो । सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ यसअघि पनि अध्यक्ष थिए ।

यस्तै, एसोसिएसनको उपाध्यक्षमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधबप्रसाद उपाध्याय र कोषाध्यक्षमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल निर्विरोध चयन भएका छन् ।

एसोसिएसनको सदस्यमा लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी बिकास बैंकका दिपेश लम्साल, ग्रिन डेभलपमेण्ट बैंकका हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेण्ट बैंकका दिनेश पोखरेल चयन भएको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully