१२.३८ अंकले घट्यो नेप्से

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 12.38 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १२.३८ अंकले घटेको छ । शून्य दशमलव ४६ प्रतिशतले घटेर २६६९.७६ विन्दुमा बन्द भएको छ ।

कुल ६२ कम्पनीको सेयर मूल्य बढ्यो भने १७५ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल ५५ हजार ४७६ पटकको सेयर किनबेचबाट ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच भए । जीवन बिमाबाहेक सबै उपसमूह घटेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully