१४.८८ अंकले घट्यो नेप्से

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 14.88 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १४.८८ अंकले घटेको छ । शून्य दशमलव ५५ प्रतिशतले घटेर २६८२.१५ विन्दुमा बन्द भएको छ ।

आज ५४ कम्पनीको सेयर मूल्य बढ्यो भने १८२ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल ५४ हजार ६२२ पटकको सेयर किनबेचबाट ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच भए । लगानी र होटल तथा पर्यटन उपसमूह बढ्यो  भने म्युचअल फन्ड स्थिर रह्यो । बाँकी उपसमूहको भने सेयर मूल्य घट्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully