सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

चैत्र ६, २०८१

रासस

Gold price continues to rise, increase by 800 per tola

काठमाडौँ — सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा ८००ले बढेर एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मोल प्रतितोला दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला दुई हजार ५०मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

रासस

Link copied successfully