‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गर्न बिमकलाई प्राधिकरणको निर्देशन

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Authority's direction to BIMC to set up 'Investment Management Unit'

काठमाडौँ — नेपाल बिमा प्राधिकरणले जीवन बिमा, निर्जीवन बिमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बिमा कम्पनीलाई ‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गर्न निर्देशन दिएको छ ।

लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बिमा कम्पनीलाई निर्देशन दिएको छ । यसैगरी, लघुबिमा व्यवसाय गर्ने लघुबिमा कम्पनीलाई लगानी व्यवस्थापन कार्यका लागि सो सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणमा जानकारी दिन प्राधिकरणले निर्देशन दिएको हो ।

बिमा कम्पनीले यसअघि लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सो को समेत जानकारी दिन प्राधिकरणले भनेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully