७.६६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 7.66 points, transaction amount also decreased

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ७.६६ अंकले घटेको छ । शून्य दशमलव २८ प्रतिशतले घटेर २६९७.०४ विन्दुमा बन्द भएको छ ।

कुल ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५३ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ५० हजार ८३४ पटकको सेयर किनबेचबाट ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँ सेयर कारोबार भएको छ ।

आज ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर किनबेच भए । अन्य उपसमूहबाहेक सबै उपसमूहहरु घटे । 

कान्तिपुर

Link copied successfully