सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा ११०० ले वृद्धि

चैत्र ५, २०८१

रासस

Gold prices continue to skyrocket, increase by 1100 per tola

काठमाडौँ — सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख ७५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, चाँदीको मोल प्रतितोला दुई हजार ५० रुपैयाँ निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

रासस

Link copied successfully