२१.६३ अंकले घट्यो नेप्से

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 21.63 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २१.६३ अंकले घटेको छ । शून्य दशमलव ७९ प्रतिशतले घटे२७१४.८५ विन्दुमा बन्द भएको छ ।

आज ३२ कम्पनीको सेयर मूल्य बढ्यो भने २०६ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ७९ हजार ३१ पटकको किनबेचबाट ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच भए । ट्रेडिङबाहेक सबै उपसमूहहरु घटे । 

कान्तिपुर

Link copied successfully