३२‍.२१ अंकले घट्यो नेप्से

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 32.21 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३२‍.२१ अंकले घटेको छ । एक दशमलव १७ प्रतिशतले घटेर २७१९.२० विन्दुमा बन्द भएको छ ।

आज ३२ कम्पनीको मूल्य बढ्यो भने २०९ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ९२ हजार ३१ पटकको सेयर किनबेचबाट ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज १ करोड ५५ लाख ५९  हजार ६८३ कित्ता सेयर किनबेच भए । विकास बैंक बाहेक सबै उपसमूहहरु घटे ।

कान्तिपुर

Link copied successfully