एफवन सफ्टको प्रेसिडेन्टमा ठकुरी

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Thakuri is the president of FOne Soft

काठमाडौँ — एफवन सफ्ट कम्पनीमा नेतृत्व परिवर्तन भएको छ । वर्तमान प्रेसिडेन्ट विश्वास ढकालले कम्पनीमा नेतृत्व परिवर्तनको घोषणा गरेका हुन् ।

प्रेसिडेन्ट विश्वास ढकाल कम्पनीमा अध्यक्षका रुपमा रहने गरी नयाँ प्रेसिडेन्टका रूपमा सिद्धान्त ठकुरी नियुक्त भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एफवन सफ्टको २१औं वार्षिकोत्सवका अवसरमा उक्त घोषणा गरिएको हो । 

एफवन सफ्टको ग्रुप प्रमुख सञ्चालन अधिकृत रकेका ठकुरीले नयाँ दृष्टिकोणसहित कम्पनीलाई नयाँ दिशा दिन आफू लागिपर्ने जनाए । 

सधैं फिनटेकका माध्यमबाट नेपालको डिजिटल रूपान्तरणमा प्रतिबद्ध रहँदै आएको र यस प्रतिबद्धतालाई थप बलियो बनाउँदै ग्राहक, साझेदार र सरोकारवालाको विस्तारलाई थप ऊर्जा प्रदान गर्ने लक्ष्य रहेको पनि ठकुरीले बताए । नयाँ नेतृत्वले कम्पनीलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै ढकालको भनाइ छ । 

‘२००४ मा स्थापित कम्पनीले दुई दशकदेखि नेपालमा वित्तीय प्रणालीलाई नयाँ दिशा दिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एफवन सफटले भुक्तानीका लागि लाइनमा बस्नुपर्ने बाध्यता हटाएर आम जनतालाई सहजता प्रदान गर्ने उद्देश्यका साथ अनलाइन भुक्तानी सुविधा ल्याएको हो । यसको नवीनतम सेवाले सर्वसाधारणका लागि वित्तीय सेवाहरू डिजिटल रूपमा पहुँचयोग्य बनाएको छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully