दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ३७ करोड रुपैयाँको कारोबार

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by double digits, turnover of 8.37 billion rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २०‍.६८ अंकले घटेको छ । आज शून्य दशमलव ७४ प्रतिशतले घटेर २७५१‍.४२ विन्दुमा बन्द भएको छ।

 कुल ४४ कम्पनीको सेयर मूल्य बढ्यो भने १९१ कम्पनीको मूल्य घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज ८७ हजार १५६ पटकको सेयर किनबेचबाट ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कारोबार भएको छ ।

कुल १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर किनबेच भए । आज अधिकांश उपसमूहहरु घटे । 

कान्तिपुर

Link copied successfully