४६.३३ अंकले घट्यो नेप्से

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 46.33 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४६.३३ अंकले घटेको छ । आज एक दशमलव ६४ प्रतिशतले घटेर २७७२.१० विन्दुमा बन्द भएको छ । गत सोमबारयता नेप्से क्रमश: घट्दै आएको छ ।

कुल २४ कम्पनीको मूल्य बढ्यो भने २१७ कम्पनीको मूल्य घट्यो र कुल २ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज १ लाख १२ हजार ३४७ पटकको किनबेचबाट १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर किनबेच भए । आज सबै उपसमूहहरु घटे ।

कान्तिपुर संवाददाता

Link copied successfully