काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज २.७० अंकले घटेर २८१८.४३ विन्दुमा बन्द भएको छ ।
बुधबारको तुलनामा बिहीबार नेप्से शून्य दशमलव शून्य ९ प्रतिशतले घटेको हो ।
आजसय वटा कम्पनीको मूल्य बढ्यो भने १३१ कम्पनीको मूल्य घट्यो । १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ९३ हजार ८९५ पटकको सेयर किनबेचबाट १० अर्ब १० करोड १८ लाख रुपैयाँ कारोबार भएको छ ।
आज १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर किनबेच भए ।
