सुनचाँदीको मूल्य बढ्यो

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

The price of gold rose

काठमाडौँ — सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैलेयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला  एक हजार नौ सय ४० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully