डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घट्यो 

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Diesel/kerosene price reduced by Rs 1 per litre

काठमाडौँ — नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार घटेर आएकोले यहाँ पनि भाउ घटाइएको निगमले जनाएको छ । 

खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ६ रुपैयाँ २७ पैसा र पेट्रोल लिटरको ५० पैसा बढेर आए पनि हाललाई यथावत् राख्ने निर्णय शुक्रबार बसेको निगम सञ्चालक समितिले गरेको पनि विज्ञप्तिमा जनाइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully