नेप्से २८ सय अंकमाथि, ११ अर्ब ३९ करोड रुपैयाँ कारोबार

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

NEPSE above 2800 points, 11.39 billion rupees turnover

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४९.१५ अंकले बढेको छ । आज एक दशमलव ७७ प्रतिशतले बढेर २८१५.०४ बिन्दुमा बन्द भएको छ ।

कुल सात कारोबार दिनयता नेप्से क्रमश: बढ्दै आएको छ । 

कुल १८६ कम्पनीको सेयर मूल्य बढ्यो भने ५२ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज १ लाख १२ हजार ३२ पटकको किनबेचबाट ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कूल २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर किनबेच भए ।

आज सबै उपसमूहहरु बढे । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन, जीवन बिमा, निर्जीवन बिमा, विकास बैंक, होटल तथा पर्यटनलगायत उपसमूह बढे । 

कान्तिपुर

Link copied successfully