लघुवित्तले पनि आधार दरमार्फत ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

Microfinance should also determine the interest rate of the loan through the base rate

काठमाडौँ — लघुवित्त वित्तीय संस्थाले पनि ऋणको ब्याजदर आधार दरमार्फत निर्धारण गर्नुपर्ने भएको छ । मंगलबार जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले २०८२ जेठदेखि लघुवित्त वित्तीय संस्थाले पनि आधार दरमार्फत ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो ।

हालसम्म लघुवित्त वित्तीय संस्थाको हकमा आधारदर लागू भएको थिएन । यसकारण राष्ट्र बैंकले लघु वित्तका लागि अधिकतम १५ प्रतिशतभन्दा बढी ऋण लिन नपाइने निर्देशन जारी गरेको छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि अधिकतम १५ प्रतिशत ब्याजदरको सीमा खारेज हुनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully