पाँच सयले बढ्यो सुनको मूल्य

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

The price of gold increased by 500

काठमाडौँ — सुनचाँदीको मूल्य बढेको छ । सोमबारको सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully