सामान्य अंकले बढ्यो नेप्से

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased by normal points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेको छ । पछिल्ला ६ कारोबार दिनयता नेप्से बढेको थियो । शून्य दशमलव १२ प्रतिशतले बढेर २७५८.७५ बिन्दुमा बन्द भएको छ ।

कुल ९० कम्पनीको सेयर मूल्य बढ्यो भने १४५ कम्पनीको मूल्य घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज १ लाख ३ हजार २६२ पटकको सेयर किनबेचबाट ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर किनबेच भए । आज अधिकांश उपसमूहहरु घटे । 

कान्तिपुर

Link copied successfully