सामाजिक सञ्जालमा मन्त्री खड्काविरुद्ध बोल्ने कर्मचारीको जिम्मेवारी खोस्न प्राधिकरणलाई मन्त्रालयको ताकेता

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

The Ministry instructed the authority to remove the responsibility of the employees who spoke against Minister Khadka on social media

काठमाडौँ — ऊर्जा मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङले  मन्त्रालय र मन्त्री दीपक खड्काविरुद्ध सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको भन्दै जिम्मेवारीबाट हटाउन ताकेता गरेको छ ।

यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकमा छलफल भइसके पनि नहटाएको भन्दै ऊर्जा मन्त्रालयले फेरि प्राधिकरणलाई पत्र काटेको हो ।

ऊर्जा सचिव सुरेश आचार्यको निर्णयअनुसार गुरुङलाई तत्काल जिम्मेवारीबाट हटाउन भन्दै मन्त्रालयले ताकेता गरेको हो । 

‘दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशनसमेत भइसकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएकोले तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई जानकारी गराउनुहुन,’ पत्रमा भनिएको छ । 

The Ministry instructed the authority to remove the responsibility of the employees who spoke against Minister Khadka on social media

कान्तिपुर

Link copied successfully