काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्न अर्थ मन्त्रालयले छनोट समिति गठन गरेको छ ।
उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार आइतबार सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा छनोट समिति गठन भएको हो ।
समितिका सदस्यमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रुपमा खोमराज खरेल रहेका छन् । तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ ।
