एक तोला सुनको मूल्य एक लाख ७० हजार

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

The price of one tola of gold is 1 lakh 70 thousand

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ ।

बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

त्यसैगरी, चाँदीको मूल्य पाँचले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० मा किनबेच हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully