सुनको मूल्य तोलामा ५ सयले बढ्यो

फाल्गुन ८, २०८१

कान्तिपुर संवाददाता

The price of gold increased by 500 per tola

काठमाडौँ — बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज सुनको मूल्यमा प्रतितोला ५ सय बढेको छ । यस्तै चाँदीमा भने १० रुपैयाँ बढेको छ ।

बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महांघले जनाएको छ । 

यसैगरी, बुधबार एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

कान्तिपुर

Link copied successfully