सामान्य अंकले बढ्यो नेप्से

फाल्गुन ८, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased by normal points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३‍.१४ अंकले बढेको छ । शून्य दशमलव ११ प्रतिशतले बढेर २७४३.७४ विन्दुमा बन्द भएको छ । 

 कुल ८१ कम्पनीको मूल्य बढ्यो भने १५८ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज ८६ हजार २२३ पटकको सेयर किनबेचबाट ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ कारोबार भएको छ ।

आज १ करोड ५६ लाख  ३७ हजार ६ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये ४ उपसमूह बढ्यो ।

जिवन बिमा, ट्रेडिङ, अन्य र निर्जीवन बिमा उपसमूह बढ्यो ।

कान्तिपुर

Link copied successfully