राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय उद्घाटन

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

Inauguration of Gandaki Regional Office of National Commercial Bank

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकको पोखरामा गण्डकी प्रादेशिक कार्यालय र पृथ्वीचोकको नवनिर्मित भवन उद्घाटन भएको छ ।

 फागुन ३ मा एक समारोहबीच उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनिर्मित भवन उद्घाटन गरे । उक्त अवसरमा अर्थमन्त्री पौडेलले मुलुकलाई निराशाबाट बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको बताए ।

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन बैंकले आधार दरमा थोरै मात्र प्रिमियम जोडेर एकल अंकमा ब्याजदर कायम गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले जनाए ।

उक्त अवसरमा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख दीपकराज लामिछाने, बैंक सञ्चालक समिति सदस्यरामप्रसाद ज्ञवाली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले शुभकामना व्यक्त गरेका थिए ।

कान्तिपुर

Link copied successfully