देवयानी इन्टरनेसनलद्वारा शैक्षिक सामग्री वितरण

फाल्गुन ७, २०८१

कान्तिपुर संवाददाता

Educational Content Distribution by Devyani International

काठमाडौँ — नेपालमा अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसी तथा पिज्जा हट सञ्चालन गर्दै आएको कम्पनी देवयानी इन्टरनेसनल नेपाल प्रालिले शैक्षिक सामग्री वितरण गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा–२६ स्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत २१० जना फरक क्षमता भएका विद्यार्थी र दारुवालियुम आवासीय विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

शैक्षिक सामग्रीमा एक थान झोला, ६ थान कपी र ६ थान डटपेन रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully