लगातार तेस्रो दिन बढ्यो नेप्से 

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased for the third day in a row

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १२.६८ अंकले बढेको छ । नेप्से आइतबार १९.५६ र सोमबार २९.६७ अंकले बढेको थियो । आज शून्य दशमलव ४६ प्रतिशतले बढेर २७४०.५९ विन्दुमा बन्द भएको हो ।

कुल ८७ कम्पनीको सेयर मूल्य बढ्यो भने १४९ कम्पनीको मूल्य घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज ९९ हजार ५८५ पटकको सेयर किनबेचबाट १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ । कुल १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर किनबेच भए । 

कुल ६ उपसमूह घट्यो भने ७ उपसमूह बढ्यो । विकास बैंक, लघुवित्त, फाइनान्सलगायत उपसमूहको घटेको छ ।

कान्तिपुर

Link copied successfully