२९.८७ अंकले बढ्यो नेप्से, १० अर्ब रुपैयाँ कारोबार

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased by 29.87 points, turnover of 10 billion rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २९.८७ अंकले बढेको छ । आज एक दशमलव १० प्रतिशतले बढेर २७२७.९१ विन्दुमा बन्द भएको हो । 

कुल १६६ कम्पनीको सेयर मूल्य बढ्यो भने ७४ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज १ लाख २ हजार ८६१ पटकको सेयर किनबेचबाट १० अर्ब ४ करोड ९६ लाख रुपैयाँ कारोबार भएको छ । कुल १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर किनबेच भए । 

कुल १३ उपसमूहमध्ये ३ उपसमूहको सेयर मूल्य घट्दा अन्य उपसमूहको बढ्यो । होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा, बैंकिङ, उत्पादन तथा प्रशोधनलगायत उपसमूह बढ्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully