काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १९.५६ अंकले बढेको छ । शून्य दशमलव ७३ प्रतिशतले बढेर २६९८.०३ विन्दुमा बन्द भएको छ ।
आज १ सय ७६ कम्पनीको सेयर मूल्य बढ्यो भने ६३ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ९६ हजार २ सय ८२ पटकको सेयर किनबेचबाट ९ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज २ करोड ९ लाख ८४ हजार ४ सय ४० कित्ता सेयर किनबेच भयो । म्युचुअल फन्ड र निर्जीवन बिमाबाहेक अन्य सबै उपसमूहहरु बढ्यो ।
