पेट्रोलको भाउ बढ्यो, डिजेल/मट्टीतेल लिटरमा ४ रुपैयाँ घट्यो

फाल्गुन ३, २०८१

कान्तिपुर संवाददाता

Petrol price increased, diesel/kerosene reduced by Rs 4 per litre

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टीतेलमा ४ रुपैयाँले घटाएको हो ।

निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ । 

नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।  

Petrol price increased, diesel/kerosene reduced by Rs 4 per litre

कान्तिपुर

Link copied successfully