कृषिमा यन्त्रीकरण आजको आवश्यकता : मन्त्री अधिकारी

फाल्गुन २, २०८१

कान्तिपुर संवाददाता

Mechanization in agriculture is the need of the day: Minister Adhikari

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा आधुनिक यन्त्रीकरणको माध्यमबाट मात्रै कृषि सफल हुने बताएका छन् । शुक्रबारबाट भृकुटीमण्डपमा सुरु सातौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो मेलामा मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले सरकारको योजना प्रविधिलाई जोड दिँदै जनतालाई आफ्नै खुट्टामा उभ्याउन सक्ने भन्दै यसलाई व्यवहारमै उतार्नु पर्ने बताए । उनले सातै प्रदेशका सबै जिल्लाहरुमा आधुनिक यन्त्रहरु पुर्‍याउन आफूहरु लागीपरेको पनि बताए । 

एक्स्पोमा नब्बेभन्दा बढी स्टल रहेका छन् । प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरी, कृषिका मेसिनरी औजार–उपकरण भेटेनरी, खाद्य प्रविधिहरुका स्टल राखिएका छन् ।

यो एक्स्पो फाल्गुन चार गतेसम्म चल्नेछ । शुक्रबारमात्रै २८ हजारले मेलाको अवलोकन गरिसकेका छन् ।

कान्तिपुर

Link copied successfully