तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

The price of gold increased by 2,300 per tola

काठमाडौँ — स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० ले बढेको हो । 

बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ निर्धारण गरिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully