७‍.२६ अंकले घट्यो नेप्से, ७ अर्ब ९२ करोड रुपैयाँको कारोबार

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 7.26 points, turnover of 7 billion 92 crore rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ७‍.२६ अंकले घटेको छ । शून्य दशमलव २७ प्रतिशतले घटेर २६७८‍.४७ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ७.२६ अंकले घटेको थियो ।

कुल ७६ कम्पनीको सेयर मूल्य बढ्यो भने १६२ कम्पनीको सेयर मूल्य घट्यो । कुल ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज ७८ हजार ८३५ पटकको सेयर किनबेचबाट ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । कुल १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर किनबेच भयो । 

कुल १३ उपसमूहमध्ये फाइनान्स र माइक्रोफाइनान्स उपसमूह मात्रै बढ्यो । अन्य उपसमूहहरु घट्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully